२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महिला एशिया कप क्रिकेट: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । युएईको महिला टिमले नेपाली महिला क्रिकेट टिमलाई ११६ रनको लक्ष्य दिएको छ । आजदेखि शुरु भएको महिला एशिया कपको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको हो ।

युएईका लागि खुशी शर्माले सर्बाधिक ३६ रन बनाएकी थिइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएकी थिइन् । त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्बाधिक ३ विकेट लिइन भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिएका थिए ।

 

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस