२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धादिङको बेनिघाटमा ट्रक सहचालकले त्रिशूलीमा हामफाले

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट ज्वाङखोला नजिकबाट एक ट्रक सहचालकले त्रिशूलीमा हामफालेका छन् । शुक्रबार बिहान करिब ८ बजे मकवानपुरगढी गाउँपालिकाका ३२ वर्षीय वीरबहादुर योञ्जनले त्रिशूलीमा हामफालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

उनी ना ६ ख ४९४७ नम्बरको ट्रकमा सहचालकको रूपमा काम गर्दै आएका छन् । प्रहरीले उनको खोजी भइरहेको र ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस