२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल र नेपालीको इतिहास गर्व गर्न लायक छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताउनुभएको छ ।
इन्जिनियर दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको इतिहास प्रशंसा लायक भए पनि अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताउनुभयो । देशलाई अहिलेको बिग्रिएको अवस्थाबाट उज्यालो तर्फ लैजानु आजको आवश्यकता रहेको ओलीले बताउनुभयो ।

ओलीले सरकार देशमा देखिएको समस्या समाधान गर्न लागिपरेको स्पष्ट पार्नुभयो । ‘आज सन्तोष मान्ने र खुzL हुने अवस्था छैन, यस अवस्थालाई हामीले बदल्नै पर्छ’, ओलीले भन्नुभयो ।

अहिले देशको अवस्था जस्तो भए पनि देशको भविष्य भने उज्वल भएको ओलीले बताउनुभयो । यसमा कुनै शंका नगरी देश निर्माणको काममा लाग्न ओलीले आग्रह गर्नुभयो । ‘देश र इतिहास प्रशंसा गर्न लायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ’, उहाँले भन्नुभयो ।
ओलीले इञ्जिनियर देश बनाउने हात भएकोले देश निर्माणको काममा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले अप्ठेरा खोज्ने होइन समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले सरकाले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसमा ढुक्क हुन समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस