२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झापामा भारी वर्षा, निन्दाखोलाको बाढीले खतराको तह पार गर्‍यो

३ साउन, काठमाडौं । झापाको शनिश्चरेमा भारी वर्षा भएको छ । यो समाचार तयार पार्दासम्म शनिश्चरे वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा १००.८ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिश्चरे र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले सो क्षेत्र भएर बग्ने बिरिङ, अधुवा र अन्य साना खोलामाका तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन भनेको छ । महाशाखाका अनुसार ती क्षेत्रका बासिन्दाले शुक्रबार बिहान ७ बजेसम्मै सतर्कता अपनाउनुपर्ने छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार मेची जलाधार क्षेत्रको निन्दा खोलाको बाढीले खतराको तह पार गरेको छ । खतराको संकेत स्वरुप साइरन बजाइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर मध्यमदेखि भारी वर्षा भएको छ ।

पछिल्लो २४ घण्टामा डोटीको पश्चिम सेती क्षेत्रमा ६५.२ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाडौंको पानीपोखरी र सिन्धुपाल्चोकको मानेखर्कमा ६३ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस