२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

त्यस्तै, बुधबार प्रतितोला रु एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ६० निर्धारण भएको छ ।

 

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस