२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सत्कर्ममा चित्त जाओस् : पत्रकारको जोडीले उजाड पहाडलाई घना जंगल बनाइदियो

Brazilian couple spends 20 years planting

काठमाडौं । ब्राजिलका फोटो पत्रकार सेबास्टियो रिबेरो साल्गाडो र उनकी श्रीमती लेलिया डेलुइज वानिक साल्गाडोले ब्राजिलको मिनास गेराइस राज्यको मरुभूमी जस्तो पहाडलाई उष्णकटिबन्धीय स्वर्गमा परिणत गरिदिएका छन् । १७५० एकड क्षेत्रफलमा नयाँ बिरुवा रोपेर नै उनीहरुले २० वर्षमा घना जंगल बनाइदिए ।

जब साल्गाडो १९९४ मा रुवान्डा नरसंहारको समाचारका लागि तस्वीरहरु कभर गर्ने दर्दनाक यात्राबाट फर्के । उनी आफ्नो परिवार र छिमेकीले गाईवस्तुको घाँसे जंगललाई प्राकृतिक क्षयको अवस्थामा देखेर साह्रै दुखी भए । २०१५ मा पेरिसमा जलवायु परिवर्तन सम्बन्धी बैठकमा प्रख्यात फोटोग्राफरले भनेका थिए, जमिन मृत्युको मुखमा पुगेका बिरामी जस्तै सिकिस्त देखे । सबै नष्ट भएको देखेपछि अब सबै छोडेर यसैलाई बनाउँछु भन्ने सोच आयो । श्रीमतीलाई यो योजना सुनाउँदा पैसामुखी काम भन्दा जीवन जगाउनु सही भनेर साथ दिने निधो गरिन् ।

अहिले ७५ वर्षका साल्गाडोले आफू हुर्केको जंगल र खेतलाई हरियाली र जीवन्त उप–उष्णकटिबन्धीय वर्षा वनको रूपमा तयार पारे । कुनै बेला यस क्षेत्र व्यापक वन विनाश र प्राकृतिक स्रोतहरूको अनियन्त्रित शोषणबाट ग्रस्त थियो। यो योजना बताएपछि उनीहरूले विश्वको सबैभन्दा ठूलो खानी कम्पनीहरू र पुनरुत्थान विशेषज्ञहरूका ठूला भेलहरुबाटै समर्थन प्राप्त गरे । जसले यो जंगल बनाउँन विश्वभरका नर्सरीबाट लाखौं बिरुवाहरू दान नै पाए । जसले मृत माटोलाई पुनर्जीवित गर्न मद्दत गर्यो।

वनस्पति र जीवजन्तुका सयौं प्रजातिहरूले पहिलेको उजाड पहाडलाई अहिले आफ्नो घर भनेर बोलाउँछन् । जसमा लगभग ३०० प्रजातिका रूखहरू, १७० भन्दा बढी प्रजातिका चराहरू, ३० प्रजातिका स्तनधारीहरू र १५ प्रजातिका उभयचर एवं सरीसृपहरू छन् । जसमध्ये धेरैजसो लोपोन्मुख छन्। यो सत्कर्मको अहिले विश्वभर चर्चा भइरहेको छ ।

 

 

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस