२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विराटनगरमा प्रहरी चढेको गाडी पल्टिँदा घाइते हुनेको सङ्ख्या ३० पुग्यो, पाँचको अवस्था गम्भीर

विराटनगर । विराटनगर–१५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा घाइते हुने प्रहरीको सङ्ख्या ३० जना पुगेको छ । जसमध्ये ५ जना गम्भीर घाइते भएका छन् ।कोशी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी अबिनारायण काफ्लेका अनुसार घाइते हुनेहरुमा आयुष लिम्बू, विवेक राई, हेमबहादुर ढाका मगर, योगेन्द्र मगर, सञ्जय ओझा, सौगात थापा, सुमन भुजेल र पुष्पराज श्रेष्ठको नाम खुलेको छ । अन्यको विवरण आउन बाँकी छ ।

बुधबार साँझ मोरङ जिल्ला प्रहरीबाट इलाका प्रहरी कार्यालय रानीमा थप मद्दत माग भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको हो । घाइते भएका ३० जनामध्ये कोशी अस्पतालमा २१ जना, न्यूरो अस्पतालमा ५ जना, विराट टिचिङ अस्पतालमा २ जना र नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको एसएसपी काफ्ले बताए । मुस्लिम समुदायको ‘मोहरम’ पर्व सुरु भइरहेको छ । उक्त पर्वको सुरक्षाको लागि मोरङ प्रहरीले थप मद्दत माग भएपछि प्रदेश प्रहरी तालिम केन्द्रबाट टोली परिचालन भएको थियो । ‘मद्दतमा गएको प्रहरी टोली चढेको टु टन गाडि रानी क्षेत्रतर्फ जाँदै थियो ।

भट्टीमोर्डको टर्निङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ,’ एसएसपी दाहालले भने, ‘दुर्घटनामा घाइते भएका प्रहरीहरूलाई उद्धार गरी अस्पताल पठाउने काम सकिएको छ । अहिले उपचार भइरहेको छ । गाडीमा ५४ जना प्रहरी सवार थिए । घाइते हुने अधिकांश प्रहरी जवानहरू रहेका छन् ।’

 

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस