२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस नेता डा. शशांक कोइरालाले आफूले तीन वर्ष फ्रक लगाएर बसेको सत्यता र कारण खुलाए

Dr Sasanka Koirala

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी निकट महिला संघको कार्यक्रममा रोचक किस्सा सुनाउनुभएको छ । भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आमाबुबाको इच्छा पूरा गर्न आफूले तीन वर्षसम्म फ्रक लगाएर बसेको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, मेरो पिता विश्वेश्वरप्रसाद कोइरालाको तीन जना छोराहरू, म पेटमा थिएँ, उहाँहरूलाई छोरी चाहिएको थियो । तर, पेटमा म थिएँ, उहाँहरूलाई छोरी नै हुन्छ भन्ने लागेर फ्रक किनेर राख्नुभएको रहेछ । जन्मिए म। अनि म तीन वर्षसम्म त्यही फ्रक लगाएर बसेँ, हुन त म महिला होइन। तर, उहाँहरूप्रति त्यो प्रतिनिधित्व गर्छु एक किसिमले।

 

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस