२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एकै व्यक्ति १७औं पटक मन्त्री, विवाद बाहेक छैन प्रसंशनीय काम

१ साउन, काठमाडौं । लोसपाका नेता शरतसिंह भण्डारीले पुनः श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँ यस्ता व्यक्ति बन्नुभयो, जसले १७औं पटक मन्त्रीको रेकर्ड दर्ज गराउनुभयो ।

तर विवाद बाहेक प्रसंशनीय काम खासै छैन । चार महिनाअघि विवादै विवादका बीच नयाँ गठबन्धनको चेपुवामा विदेशमा नै उडिरहेका बेला श्रम मन्त्रालय छाड्न बाध्य हुनुभएका मन्त्री भण्डारी नवगठित सरकारमा पनि श्रममन्त्रीकै जिम्मेवारी फर्किनुभयो ।

सोमबार शपथ ग्रहणपछि उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने सुधार थाल्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो । उहाँले बाध्यतावश वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई समेत स्वदेश फर्काएर रोजगारी सिर्जनामा आफ्नो ध्यान केन्द्रित हुने पनि सुनाउनुभयो । विगतमा ११ महिना श्रममन्त्री बन्दा उहाँको भूमिका सङग्लो नभएकाले यस्ता प्रतिबद्धतामाथि सुरुमै आशंका जनाउनेहरु धेरै छन् ।

 

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस