२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेयर बजार अर्थतन्त्रको ऐन हो, समस्या समाधान गर्नेगरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै सोमबार अर्थमन्त्री पौडेलले राम्रो उद्देश्यका लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताउनुभयो । उहाँले राम्रो काम गर्ने भएकाले गभर्नर महाप्रससाद अधिकारी र आफ्नो ट्युनिङ मिल्ने उल्लेख गर्नुभयो । उहाँले मौद्रिक नीतिको तयारी भइरहेको भन्दै अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय गरेर बजारमा सकारात्मक सन्देश दिने बताउनुभयो ।

‘राष्ट्र बैंकसँग ट्युनिङ मिल्छ भनेर मिडियाले भन्छन्, त्यो ठीकै हो । हाम्रो राम्रै ट्युनिङ मिल्छ, राम्रो काम गर्नेको मिल्छ त । वित्त नीतिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आउने विश्वास छ । मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय हुनेबित्तिकै बजारमा सकारात्मक सन्देश जानेछ,’ उहाँले भन्नुभयो, ‘हामी मिलेर अघि बढ्दा बजारमा पनि मनोबल बढ्छ ।’

नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक बन्दैन स् अर्थमन्त्री पौडेल
उहाँले अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुचि नभएको पनि बताउनुभयो । अर्थतन्त्रमा छाएको सुस्तता कम हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुचि हुँदैन । विभिन्न राजनीतिक दलमा आबद्ध हो मिलेर काम गर्न सकिँदैन भनेर कर्मचारीहरुको ब्रान्डिङ गरिदिने र कर्मचारीले पनि त्यसो गर्न रुचाउने प्रवृत्तिहरु हुने गरेका छन् । ब्रान्डिङमा विश्वास छैन । कामको परिणाममा विश्वास गर्छु,’ उहाँले भन्नुभयो ।

उहाँले आफ्नो कार्यकाल सर्वसाधारण र निजी क्षेत्रमा छाएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुने पनि बताउनुभयो । उहाँले अर्थ मन्त्रालयको जिम्मेवारीलाई अत्यन्त चुनौतीपूर्ण जिम्मेवारीको रुपमा अर्थ्याएको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस