२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारको पहिलो निर्णय: क्रिकेट मैदानमा लाइट जडान र प्यारापेट निर्माण ३ सय दिनमा सक्ने

काठमाडौं । नयाँ सरकारले बाढी-पहिरोजस्ता विपद्‌मा मृत्यु हुनेका परिवारलाई सरकारले राहत दिने भएको छ । यस्तै बाढी-पहिरोमा बेपत्ता भएर १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिलाई मृतकलाई सरह राहत दिने आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

यस्तै त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप फ्लड लाइट जडान र प्यारापेट निर्माणको कार्य तीन सय दिनभित्रै सक्ने आजको मन्त्रिपरिषद् बैठकले गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस