२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

परराष्ट्रमन्त्री आरजु राणालाई भारतीय समकक्षीको बधाई

१ साउन, काठमाडौं । भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले कांग्रेस नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले ‘बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु’ भन्नुभएको छ ।

यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले पनि आफ्ना नेपाली समकक्षी डा. राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको बताउनुभएको छ ।

 

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस