२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले साउन ६ गते विश्वासको मत लिने

१ साउन, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साउन ६ गते विश्वासको मत लिने तयारी गरेका छन् । असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीले साउन ६ गते दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने ब्यहोरा सहितको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । मुख्यमन्त्री जमकट्टेलले चौथो पटक विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

कुल ११० प्रदेश सभा सदस्य रहेको बागमतीमा दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेको मात्रै ६४ मत पुग्छ । जसका कारण जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्न असम्भव देखिन्छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ । कांग्रेस र एमाले बाहेक सबै दल मिल्दा पनि कुल ४६ मत मात्रै पुग्छ ।

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस