२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

केपी ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा ९ नयाँ अनुहार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्दा उहाँ नेतृत्वको मन्त्रिपरिषद्‌मा नौजना पहिलोपटक मन्त्री भएका छन् । १० जनालाई मन्त्री बनाएको कांग्रेसले पाँच जनालाई पहिलोपटक अवसर दिएको छ ।

कांग्रेसबाट आरजु राणा, बद्री पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलोपटक मन्त्री बन्नुभएको हो । ऊर्जामन्त्री दीपक खड्का र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी यसअघि राज्यमन्त्री बन्नुभएको थियो । सभापति शेरबहादुर देउवाको पक्षबाट ६ र शेखर-गगन समूहबाट चारजना मन्त्री बन्नुभएको हो ।

नेकपा एमालेले पनि मन्त्रिपरिषद्‌मा चार नयाँ अनुहार ल्याएको छ । विद्या भट्टराई, देवेन्द्र दाहाल, मानवीर राई र राजकुमार गुप्ता पहिलोपटक बन्त्री बन्नुभएको हो । एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भएका दामोदर भण्डारी र बलराम अधिकारीलाई दोहोर्याएको छ । जसपाबाट पूर्ववर्ती मन्त्रिपरिषद्‌मा रहनुभएका प्रदीप यादव र नवलकिशोर साह सुडी यसपालि पनि दोहोरिनुभएको छ । समग्रमा दाहाल सरकारका चार मन्त्री ओली मन्त्रिपरिद्‌मा पनि परेका छन् ।

 

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस