२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आठबिसकोटमा बाढीले घर बगाउँदा ३ जनाको मृत्यृ : १ बेपत्ता, ७ घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जनाको ज्यान गएको छ ।

त्यस्तै नजिककैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्की रहनुभएको छ । त्यस्तै बेपत्ता हुनेमा ४० वर्षीय डिल्ली बुढाथोकी हुनुहुन्छ ।

साथै यही बाढीमा परेर ७ जना घाइते भएको नगर प्रमुख रवि केसीले जानकारी गराउनुभयो । घाइतेहरूको उपचारका लागि नगर अस्पताल लगिएको उहाँले बताउनुभयो । घाइते हुनेहरूमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहनुभएको छ ।

 

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस