२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेले टुङ्ग्यायो ८ मन्त्रीको नाम, प्रधानमन्त्रीसँगै सपथको तयारी

काठमाडौ । हिजो आइतवार नेपाली काङ्ग्रेस र नेकपा एमालेले मन्त्रालय बाँडफाँडको काम सकाएसंगै एमालेले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

आइतवार नेकपा एमालेका अध्यक्ष एबं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बाल्कोटमा बसेको कोर टिम (हाइकमाण्ड) ले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको बुझिएको छ ।

बालकोटमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए ।

उनीहरूले नेताहरु विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेका छन् ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच ८ वटा मन्त्रालय एमाले र ९ वटा कांग्रेसले लिने सहमति भएको छ । प्रधानमन्त्री ओलीले सोमबार बिहान १५ जना मन्त्रीसहित सपथ लिने तयारी गरेका छन् । ओलीले सोमवार बिहान ११ बजे सपथ लिने तयारी भएको छ ।

एमालेको भागमा भने अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ ।

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस