२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शेयर कारोबार ६ महिनायताकै उच्च

काठमाडौं । लगातारको उछालपछि नेप्से दोहोरो अंकले घटेको छ । हिजोमात्रै करिब साढे दुई वर्षयताको उच्च बिन्दु समातेको नेप्से परिसूचक सोमबार १७.१८ अंकले घटेर करेक्सन भएको हो ।

आइतबार शेयर बजार ५२ अंकले बढेर २२५७.५९ बिन्दुमा अडिएको थियो । जुन करिब २७ महिनायताकै उच्च बिन्दु हो । हिजो ७ अर्ब ६२ करोड ४ लाख १८ हजार रूपैयाँको कारोबार भएको थियो । यसरी लगातार बढी रहेको नेप्से सोमबार १७ अंकले घटेपछि करेक्सन मानिएको हो ।

सोमबार २ करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयरको खरिदबिक्री हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार रूपैयाँको कारोबार भएको छ । जुन करिब ६ महिनायताकै उच्च हो । यसअघि गत माघ ३ गते ९ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएको थियो ।

आज सिभिल बैंक डेभेन्चर २०८८ र माण्डु हाइड्रोपावर लिमिटेडको शेयर सकारात्मक सर्किटका साथ सर्वाधिक नाफामा रहेको छ । भने, नानकी फाइनान्स लिमिटेड नेगेटिभ सर्किटका साथ सर्वाधिक घाटामा रहेको छ ।

सोमबार बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । कांग्रेस-एमाले नयाँ सत्ता समीकरण बनेसँगै राजनीतिक स्थिरता र अर्थतन्त्र सुधारको अपेक्षासहित लगानीकर्ता उत्साहित देखिएका छन् । केही दिनयता शेयर बजारको कारोबारले त्यसलाई पुष्टि गरेको उनीहरूको भनाइ छ ।

 

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस