२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

केपी ओलीले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी

KP Oli took over the responsibility of the Prime Minister

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद सम्हालेका छन् । सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओली शहीद स्मारक र पार्टी मुख्यालय च्यासल पुगेका थिए । ब्राम्हणहरूले स्वस्ती बाचनको मन्त्रोच्चारण साथै निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाले टीका र माला लगाएर स्वागत गरिन् ।

कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ । प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो । तीन वर्षअघि अर्थात् २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्यूत भएका थिए । सोही परमादेशले देउवालाई पाँचौपटक प्रधानमन्त्री बनाएको थियो । यसपटक उनै देउवाको समर्थनमा ओली प्रधानमन्त्री बनेका छन् ।

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस