२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्ने सञ्चारमन्त्री गुरुङको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्ने निर्णय सदर गरेका छन् । मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले हस्तान्तरण गरेको उक्त प्रस्तावमा सञ्चारमन्त्री गुरुङले पदबहाली गर्दै पहिलो निर्णयका रुपमा उक्त निर्णय सदर गरेका हुन् ।

पदबहाली लगत्तै पहिलो निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री गुरुङले भने, ‘राष्ट्रपतिले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आएको विषय हो । सञ्चार तथा सूचना तथा प्रविधिको प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्न गर्ने योजना रहेको र त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने तथा सूचना प्रविधि सम्बद्ध निकायको पुर्नसंरचना गर्ने निर्णयको फाइल सदर गरेको छु ।’

सञ्चार मन्त्रालयमा आएपछि अब कसरी काम गर्नुहुन्छ र के–के योजना छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिले आफूले केही पनि नबोल्ने बताए । उनले भने, ‘आज केही पनि बोल्दैन । पद बहाली गरेको दिन ठूलो ठूलो गर्ने तर काम केही नगर्ने जस्तो म गर्दैन । नीतिगत र संस्थागत अध्ययन गरेर कुन काम यो मन्त्रालयका लागि आवश्यक हो कुन काम होइन, त्यो बुझेर मात्रै बोल्नेछु । पपुलर हुनका लागि बोल्ने होइन । समस्याको समाधान गर्न प्रतिवद्ध भएर लाग्ने गरी आएको छु ।’

 

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस