२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विष्णु पौडेलले सम्हाले पाँचौ पटक अर्थमन्त्रायको कार्यभार

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णु पौडेल पुनः उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । सोमबार पदभार सम्हालेसँगै अर्थमन्त्रालयमा उनको पाँचौ पटकको प्रवेश हो । पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या स्थायी सरकार गठन भएसँगै समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।

सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक नबन्ने समेत उनले प्रष्ट पारे । यदि बाधा देखिए कसरी फुकाउने भनेर कानूनी र संवैधानिक व्यवस्थाका आधारमा संशोधन प्रक्रियामा जाने पनि उनले सुनाए ।

अर्थमन्त्री पौडेलले शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा रहेकाले यो क्षेत्र सन्तुलित ढङ्गले अघि बढोस् भन्ने आफ्नो चाहना रहेको बताए । पौडेलले विकास वित्तका क्षेत्र पहिचानका लागि अध्ययन गरिनेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस