२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, सोमवार शपथ हुने

३० असार , काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई आज साँझ प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलले तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढ्ने उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि असार ३० अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।

सो आव्हानअनुसार एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका छन् ।
राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् ।

आज समय ढिला हुने भएकाले सोमवार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए ।
प्रधानमन्त्रीले शपथ लिएपछि सकेसम्म एकैपटक नभए दोस्रो पटकमा सरकारका सबै मन्त्रीको टुंगो लाग्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

यसअघि २२ वटै मन्त्रालय दुई दलले मात्रै भागबन्डा गर्ने तयारी भएको थियो । तर, सरकारलाई अन्य साना दलले पनि समर्थन गर्ने भएका छन् । यस्तोमा साना दललाई पनि तीनदेखि चारवटा मन्त्रालय दिनुपर्ने बाध्यता कांग्रेस र एमालेलाई आएको छ ।

प्रकाशित मिति : २०८१ असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस