२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेसबाट पाँच जना मन्त्री बन्दै {नामसहित}

असार २९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा कांग्रेसबाट मन्त्री बन्ने पाँच जनाको नाम लगभग टुङ्गो लागेको छ । अहिलेसम्म प्रकाशमान सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरासियाको मन्त्री बन्ने निश्चित भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीको नेतृत्वको सरकारमा मन्त्री पठाउने विषयमा आन्तरिक तीब्र बनाएका छन् । ओली भोलि प्रधानमन्त्री नियुक्त हुने भएपछि कांग्रेसले पार्टीका इतर पक्षका नेता डा शेखर कोइराला, महामन्त्री गगन थापासहित पार्टीका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफल अगाडि बढाएका हुन् ।

देउवाले यसपछि पार्टीभित्र सन्तुलन मिलाएर विवाद नआउने गरी पार्टीबाट सरकारमा मन्त्री पठाउने तयारी गरेका छन् । पार्टीबाट मन्त्री बनाउन मापदण्ड बनाउनको लागि आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति हुने उनले बताए ।

एमालेसँगको सहमति अनुसार कांग्रेसले बढीमा १० मन्त्रालय पाउने छ । अहिलेसम्म मन्त्री बन्ने निश्चित भएका परियार शेखर समूहका हुन् । अरु चार जना देउवा निकटकै हुन् । पाँच जनाको नाममा अनौपचारिक सहमति भए पनि थप मन्त्रीको विषयमा देउवाले छलफल गरिरहेका छन् । १४ औं महाधिवेशनबाट देउवा निकटमा रहेका शशांक कोइरालाले पनि एक जना मन्त्री भाग पाउने स्रोतले जनाएको छ ।

उनले संखुवासभाका दिपक खड्का र दाङका दिपक गिरीमध्ये एकलाई पठाउने तयारी गरेका छन् । तर, खड्काको सम्भावना बलियो रहेको स्रोतको दावी छ । यस्तै कर्णाली प्रदेशबाट मुगुका ऐनबहादुर शाही र सुर्खेतका हृदयराम थानीमध्ये एक जना मन्त्री बन्दैछन् । थामी शेखर समूहका हुन् तर, तर पूर्णबहादुर खड्का देउवा परिवारसँग दूरी बढ्दै गएपछि थानीले सम्बन्ध सम्बन्ध बढाएको चर्चा चलेको छ ।

प्रकाशित मिति : २०८१ असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस