२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजदेखि पानी पर्ने सम्भावना घट्दै

२९ असार, काठमाण्डौँ । गएको बुधवार रातिदेखि सक्रिय भएको मनसुनी प्रणाली आजदेखि केही कमजोर भएको छ । अहिले देशका केही ठाउँमा घाम लागेको छ, केही ठाउँमा सामान्य बदली मात्रै भइरहेको छ । कतै–कतै भने हल्का पानी परिरहेको छ ।

मनसुन न्यून चापीय रेखा सरदर स्थानमा पुगे पनि उत्तर प्रदेशमा विकसित न्यून चापीय रेखाका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २४ घण्टामा ५० देखि एक सय मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई ठूलो वर्षा मानिन्छ ।

पश्चिम नेपालमा केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि केही दिनको लागि देशभरी भने मनसुनी वायुको ठूलो जोखिम नरहेको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०८१ असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस