२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि हत्याका अभियुक्त दुई जनाले गरे प्रहरीमा आत्मसमर्पण

२८ असार, काठमाडौं । छुरा प्रहारबाट हत्या गरिएका राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य बुटवल–७, निवासी ३६ वर्षीय युवा रवि थापाको हत्याका अभियुक्तले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा असार १८ गते बिहान निधन भएको थियो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरको एक रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो । फरार रहेका हत्याका अभियुक्त बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलमा आत्मसमर्पण गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले शुक्रबार मात्रै २ जना अभियुक्त प्रहरीमा आइ आत्मसमर्पण गरेकाले अव घटनाको थप अनुसन्धान अगाडि बढ्ने बताए । यसअघि राष्ट्रिय युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्ति सहित आवश्यक कानूनी कारवाही गर्न माग गर्दै दवावमूलक कार्यक्रम गरेको थियो ।

 

प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस