२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेले केन्द्रीय सदस्यलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मा दिने

२६ असार , काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मेवारी दिने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यलाई आफ्नै भूगोलमा फर्काउने निर्णय गरेको छ ।

गत वर्ष एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नो भूगोल भन्दा बाहिर जिम्मेवारी दिएको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अब केन्द्रीय सदस्यहरुलाई आफ्नै भूगोलमा फर्काइनेछ र सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जिम्मेवारी दिइनेछ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस