२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्न एमालेको ह्विप

२६ असार , काठमाण्डौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बुधबार ह्विप जारी गरेका हुन् । प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा सा‌सदलाई अनिवार्य उपस्थित हुन प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको बर्तौलाले बताए ।

नेपाली कांग्रेसले यसअघि नै प्रधानमन्त्री दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। कांग्रेस संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले असार २८ मा प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। यसका लागि उनले एक सातअघि संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् ।

प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्री दाहाल स्वतः पदमुक्त हुनेछन् । त्यसपछि कांग्रेस र एमालेले नयाँ सरकार गठन गर्ने सहमति गरेका छन् ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस