२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शेयर बजार दोहोरो अंकले बढ्यो, कारोवार रकम कति ?

२६ असार , काठमाण्डौँ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.०८ प्रतिशत अर्थात २३.२५ अंकले बढेर २ हजार १७५.४० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२६ प्रतिशतले बढेर ३८५.७५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये एउटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज १.६९ प्रतिशतले उकालो लाग्यो ।

यस्तै आज वित्त समूह १.१५ प्रतिशत,होटल ०.९४,हाईड्रो १.०७, लगानी ०।६४,जीवन बीमा ०.७७, उत्पादन तथा प्रशोधन ०.६०,लघुवित्त १.५४, म्युचुअल फण्ड ०.४५, निर्जीवन बीमा १.२९, अन्य ०.४८ र व्यापार समूह ०.०७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस