२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वर्षाले तरकारीको भाउ बढ्यो, कुन तरकारीको मुल्य कति ?

This is the price of fruits and vegetables set by Kalimati

२६ असार, काठमाडौँ । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा डल्ले च्याउ र रायो सागको मूल्य बढेको छ ।

हिजो प्रतिकिलो ३२६ रुपियाँ रहेको डल्ले च्याउ ५६ रुपियाँले बढेर ३८२ रुपियाँ कायम भएको छ । त्यस्तै रायो प्रतिकिलो १२६ रुपियाँमा बिक्री भइरहेको छ । हिजो भने ७५ रुपियाँ रहेको थियो । यो किलोमा ५१ रुपियाँ महँगो भएको हो ।

साथै, कालिमाटीमा आज बन्दा ३०, रातो आलु ६६, डल्ले भन्टा ७५, भटमासकोसा १४०, करेला ८६, परवर ५६ र न्युरो ९६ रुपियाँमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस