२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अन्तत : रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द

IPO Share

२६ असार , काठमाण्डौँ । नेपाल धितोपत्र बोर्ड सेबोनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द गरेको छ । सेबोनको आज बसेको बैठकले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदको सार्वजनिक लेखा समितिमै प्रश्न उठेपछि बोर्डले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गरेको हो । सार्वजनिक लेखा समितिले बोर्डलार्ए मंगलबार रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा सात दिने स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस