२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कैलालीमा बाटोमा अचेत भेटिएका दुई पुरुषको मृत्यु, अनुसन्धान हुँदै

२६ असार , कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा अचेत अवस्थामा भेटिएका दुई पुरुषको मृत्यु भएको छ । छुट्टाछुट्टै स्थानमा अचेत फेला परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुईमध्ये लम्कीचुहा नगरपालिका–५ का अन्दाजी ५१ वर्षीय सागर विक रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । विक मंगलबार बाटोमा अचेत अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा लग्दा चिकित्सकले मृत घोषणा गरेको हो ।

यस्तै अन्दाजी ५५ वर्षका पुरुष लम्कीचुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहर नजिकै अचेत फेला परेका थिए । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उद्धार गरेर उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो । दुवै पुरुषको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस