२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मिटरब्याज पीडितहरुबाट उजुरी संकलन गर्न १० दिन म्याद थप

२६ असार, काठमाण्डौँ । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितहरुबाट उजुरी संकलन गर्ने म्याद १० दिन थपेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्रसम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न पीडितहरुलाई भनेको छ ।

सूचनामा लेखिएका अनुसार पीडितले भर्नुपर्ने पाँच पृष्ठको निवेदन गृह मन्त्रालयको वेभसाइटमा राखिएको छ । त्यसलाई प्रिन्ट गरेर उक्त फारममा उल्लेख भएका विवरणहरु भरेर जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने छ ।

आयोगले ‘आफूसँग रहे भएसम्मका त्यस्तो ऋणरकर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौता लगायत लिखतहरुको प्रतिलिपी वा फोटोकपीसमेत राखी निवेदन माग गरेको छ ।

सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानको पहल स्वरुप २०७९ सालमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोग गठन भइसकेपछि प्राप्त उजुरी र आयोग गठन हुनुभन्दा अगाडि उजुरी निवेदनहरु उपर गृह मन्त्रालयको स्वीकृत कार्यविधि र वर्तमान कानुनी व्यवस्था अनुसार कारबाही सुरु गर्ने आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस