२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जीवन बीमा कम्पनीहरुको आधा व्यवसाय बागमती प्रदेशमा सीमित !

असार २६, काठमाण्डौँ । जीवन बीमा कम्पनीहरुको आधा व्यवसाय बागमती प्रदेशमा निर्भर रहेको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले बागमती प्रदेशबाट मात्रै ४४.०५ प्रतिशत व्यवसाय भित्र्याएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्म जीवन बीमकहरुले बागमती प्रदेशबाट मात्रै १ करोड ९४ लाख ४७१ वटा बीमालेख बिक्री गरी कुल ५८अर्ब ९२करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बागमतीबाट उठेको प्रिमियम रकम जीवन बीमा कम्पनीहरुको कुल व्यवसायको ४४ प्रतिशत हिस्सा हो । जीवन बीमा कम्पनीहरुले सबै प्रदेशबाट १ खर्ब ३३ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सबै प्रदेशमा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत बढाउने विभिन्न प्रयास गरेपनि सफल हुन सकेको छैन । जीवन बीमकहरुको आधा जसो व्यवसाय बागमती प्रदेशमा निर्भर हुँदा बीमाको दायरा समेत बढ्न सकिरहेको छैन ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस