२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अतिप्रशोधित खानेकुरा के हो र शरीरका लागि यस्ता खानेकुरा कति घातक हुन्छन् ?

२५ असार , काठमाण्डौँ । अतिप्रशोधित खानेकुरा मुटु रोग, क्यान्सर, एङ्जाइटी लगायत ३० भन्दा बढी स्वास्थ्य समस्याहरूसँग जोडिएको छ ।
अमेरिका र यूकेमा औसत खान्कीको ५० प्रतिशतभन्दा बढी प्रशोधित खानेकुरा हुन्छ ।

यस्ता खानेकुराको खपत विश्वभरि नै बढ्दै गइरहेको छ । मिठाइ, पेय पदार्थ र चिकन नगेट्स त्यसकै उदाहरण हुन् । त्यसमा पाउरोटी, कर्नफ्लेक्स जस्ता ब्रेकफास्ट सिरियलहरू र दहीहरू पनि पर्छन् ।

अतिप्रशोधित खानेकुरा भनेको के हो ?
अतिप्रशोधित खानेकुराको कुनै एउटा मात्रै व्याख्या छैन, तर सामान्यता यी खानेकुरा हाम्रा भान्सामा सहजै पाक्दैनन् । प्रशोधित खानेकुरामा केमिकल, रङ्ग, गुलियो पदार्थ मिसाइएको हुन्छ ताकि खानेकुरा राम्रो देखियोस् र स्वादिलो होस् ।

अतिप्रशोधित खानेकुरा प्रशोधित खानेकुराभन्दा कसरी फरक ?
विभिन्न प्रकारका खानेकुराहरू चिन्नका लागि एउटा प्रणाली छ जसलाई चार भागमा बाँडिएको छ ।
यी चार प्रकारमा प्रशोधन नगरिएको र कम प्रशोधन गरिका खानेकुरा, प्रशोधित सामग्री, प्रशोधित खानेकुरा र अतिप्रशोधित खानेकुरा पर्छन् ।

अतिप्रशोधित खानेकुरा
प्रशोधित खानेकुरा भनेको फलफूल, तरकारी, बदामका विभिन्न प्रकार, अन्डा र भान्सामा भएका प्रशोधित सामग्रीहरूको संयोजन हो ।
उदाहरणका लागि, गहुँको पिठो, पानी, नुन र इस्ट भन्ने तत्त्व राखेर बनाइएको पाउरोटी प्रशोधित खानेकुरा हो । यद्यपि त्यसमा रङ्ग, छिट्टै बिग्रन नदिने पदार्थलगायत विभिन्न रासायनिक पदार्थहरू मिसाइएको छ भने त्यो पाउरोटी अतिप्रशोधित खानेकुरा हो ।

अतिप्रशोधित खानेकुरा भनेर कसरी थाहा पाउने ?
स्पेनस्थित नभारा विश्वविद्यालयकी जनस्वास्थ्य विज्ञ प्राध्यापक माइरा बेस रास्ट्रोलोका अनुसार कुनै पनि खानेकुरामा पाँचभन्दा बढी सामग्रीहरू मिसाइएको छ भने त्यो अतिप्रशोधित खानेकुरा हो । अतिप्रशोधित खानेकुरामा धेरैजसो धेरै नुन, धेरै चिनी र स्याचुरेटेड फ्याट हुन्छ । यूके र अन्य केही देशहरूमा यी कुराहरूको मात्रा प्याकेटमा उल्लेख गरिएको हुन्छ ।

प्याकिङमा ताजा खानेकुरा लेखिएको हुनसक्छ तर लामो समय नबिग्रियोस् भनेर ुप्रिजर्भेटिभुहरू हालिएको हुन्छ । खानेकुरामा सोडियम बेन्जोएट, नाइट्रेट र सल्फाइट, बीएचए र बीएचटीलगायत के के सामग्री राखिएको छ भनेर लेबलमा हेर्ने गर्नुहोस् ।

अतिप्रशोधित खानेकुरा कसरी विश्वभरि फैलिएको छ ?
सबैभन्दा धेरै अतिप्रशोधित खानेकुरा खानेहरू अमेरिका र यूकेका मानिसहरू हुन् । सन् २०२३ मा औसतमा अमेरिकाका वयस्कहरूले ५८ प्रतिशत क्यालोरी प्रशोधित खानेकुराबाट लिन्छन् भने ६६ प्रतिशत क्यालोरी बालबालिकाले लिन्छन् । यूकेमा वयस्क र बालबालिकाले प्रशोधित खानेकुराबाट त्योभन्दा एक प्रतिशत मात्रै कम क्यालोरी लिन्छन् । बिबिसिबाट साभार गरिएको हो ।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस