२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा रोपाई, अझै ६८ प्रतिशत रोपाईं हुन बाँकी

२५ असार, काठमाडौँ । देशभर अझै ६८ प्रतिशत रोपाँई हुन बाँकी देखिएको छ । असार २३ गतेसम्म आइपुग्दा देशभर ३८.६ प्रतिशत रोपाई सम्पन्न भएको छ ।

देशभर ५ लाख ३९ हजार ७६६ हेक्टर क्षेत्रफलमा रोपाई भएको कृषि विभागले जनाएको छ। विभागका अनुसार समयमै वर्षा भएसँगै आइतबारसम्म सो बराबरको रोपाईं भएको हो । सो अवधिमा सबैभन्दा धेरै रोपाई सुदुपश्चिम प्रदेशमा भएको छ । सो प्रदेशमा ५४.२ प्रतिशत रोपाईं भएको हो । अब सुदुरपश्चिममा ४५.९ प्रतिशत रोपाई हुन बाँकी छ ।

यस्तै, गण्डकी प्रदेशमा पनि ४९.७ प्रतिशत रोपाईं सम्पन्न भएको छ । यता, लुम्बिनी प्रदेशमा भने ४४.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । विभागका अनुसार सबैभन्दा कम रोपाईं मधेश प्रदेशमा भएको छ । यस्तै, कोशी प्रदेशमा ३४.४ प्रतिशत, बागमती प्रदेशमा २५.५ प्रतिशत र कर्णाली प्रदेशमा ४७.५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ । अहिले मुलुकभर १३ लाख ९८ हजार २७३ हेक्टर रोपाईं हुने क्षेत्रफल छ ।

देशभर रोपाइँ हुने क्षेत्रफल कूल १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर रहेको छ । रोपाईं हुने ठुलो क्षेत्रफल मधेशमा छ । मधेसमा ३ लाख ८३ हजार १५० हेक्टर क्षेत्रफल रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ९०४ क्षेत्रफल रहेको छ । यो वर्ष पनि अपेक्षित अनुपातमा धान उत्पादन हुने विभागले जनाएको छ । हाल नेपालमा वार्षिक औसत ५७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । हाल माग ६२ लाख मेट्रिक टन रहेको छ ।

 

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस