२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मुल्य तोलामा ९ सयले घटेर तोलाको १ लाख ४४ हजार एक सयमा कारोबार भएको छ ।

यस अघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ घटेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस