२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुई संसदीय समितिको बैठक आज बस्दै

२४ असार, काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति र राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सोमबार बस्दैछ ।

अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८१र०८२ को मौद्रिक नीतिको विषयमा गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठक दिउँसो २ बजे बस्नेछ ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय महत्त्वका अभिलेखको व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस