२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘अल्पमतको प्रधानमन्त्री एक सेकेण्डपनि सत्तामा बस्न मिल्दैन’ : ठाकुर गैरे

२४ असार, काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले घोर अल्पमतमा परेको सरकार एक सेकेण्डपनि सत्तामा बस्न नमिल्ने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने टिप्पणी गरेका हुन् ।

उनले विपक्षमा करिब दुई तिहाई बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे । उनले सरकार अल्पमतमा परेपछि ‘यस्तो पनि हुँदो रैछ’ भन्ने गीत गाउनु भन्दा ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत गाउन सुझाव दिए ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस