२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रोमाञ्चक क्षणमा जर्मनीलाई शनसनीपूर्ण रुपमा हराउँदै विश्वविजेता स्पेन सेमिफाइनलमा पुग्यो

काठमाडौं । युरोपियन च्याम्पियनसिप फुटबलको क्वाटरफाइनल भिडन्तको रोमाञ्चक क्षणमा आयोजक जर्मनीलाई शनसनीपूर्ण रुपमा हराउँदै विश्वविजेता स्पेनको सेमिफाइनलमा पुगेको छ । युवा स्टारले भरिएको स्पेनका सामु जर्मनी पराजित हुन बाध्य भयो । निर्धारित समयमा एक–एक गोलको बराबरीको अवस्थामा १२० मिनेटमा स्पेनले गोल गर्यो र जीतको झण्डा फहरायो ।

सधै बलियो दाबेदारी दिँदै आएका यी दुई टोलीलाई उपाधि होडमा दाबेदार मानिएका छन्। आजको खेलबाट जर्मनीको अभियान अन्त भएकोछ। धेरैले यो खेल जित्ने टोली फाइनल पुग्ने विश्वास लिएका छन्। जारी युरोकपमा स्पेन हालसम्म अपराजित छ। स्पेनले योसहित पाँच खेल जितिसकेको छ। समूहगत चरणमा शीर्ष स्थानमा रहेर अघिल्लो चरण पुगेको स्पेनले अन्तिम १६ मा भने जर्जियामाथि ४–१ को सहज जित निकालेर क्वाटरफाइनलमा पुग्यो।

समूहचरणमा पाँच गोल गरेको स्पेनले एक गोल पनि खाएको थिएन। यद्यपि, नकआउट चरणमा उसको ‘क्लिन सिट’ यात्रा अन्त भयो। त्यसोत आयोजक जर्मनी आफ्नो खस्किएको लयलाई जारी प्रतियोगितामा ट्रयाकमा ल्याउन सफल भएको छ। युरोकपमा जर्मनीले पनि कुनै खेलमा पराजय भोगेको छैन।

स्पेनले पहिलो पटक सन् १९६४ मा युरोकप खेलेको थियो। आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो। त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत संघलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्यो। यी दुईबीच सन् २००८ मा युरोकपको फाइनलमा प्रतिस्पर्धा भएको थियो। त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई नै १–० हराउँदै उपाधि जितेको थियो। त्यसलगत्तै स्पेनले सन् २०१२ मा युरोकपको उपाधि जित्दै लगातार दुई संस्करण उपाधि जित्ने एकमात्र टोली बन्यो।

जर्मनीले सन् १९७२ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो। त्यतिबेला जर्मनीले पश्चिम जर्मनीको नाममा युरोकप खेलेको थियो। हालसम्म जर्मनीले तीपटक युरोकपको उपाधि जितेको छ। आफ्नो पहिलो सहभागितामै पश्चिम जर्मनीको नामबाट उसले उपाधि जितेको थियो। उसले सोभियत संघलाई ३–० ले हराएको थियो। विश्व फुटबलका यी दुई महारथी टोलीबीच हालसम्म २६ पटक प्रतिस्पर्धा भएको छ। त्यसमध्ये ९ खेलमा जर्मनीले स्पेनलाई हराउँदा आठ खेलमा स्पेनले जर्मनीलाई पराजित गरेको छ। ९ खेल बराबरीमा सकिएका छन्। स्पेन र जर्मनीबीच पछिल्लो पटक सन् २०२२ को नोभेम्बरमा भएको थियो। विश्वकप अन्तर्गतको उक्त खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस