२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंका नदीमा भीषण बाढी, करिडोर सडक डुब्न थाले

२२ असार, काठमाडौं । शुक्रबार रातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यकाको नदी तथा खोलाहरुमा जल सतह बढेको छ । बागती, विष्णुमती, धोबिखोला, मनोहरा खोला, हनुमन्ते खोलामा जलसतहक बढ्दा किनारमा रहेका टहराहरु डुवानमा परेका छन् । उपत्यकाभरि हालसम्म कति घरटहरा डुवानमा परे भन्ने यकिन विवरण छैन ।

भक्तपुरमा मध्यपुर थिमी नगरपालिकास्थित दिव्येश्वरी प्लानिङनजिक मनोहरा खोलाले १८ वटा टहरा डुवानमा परेको छ । ती टहरामा बस्ने ५६ जनालाई सुरक्षित स्थानमा सारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी राजन लिम्बुले जानकारी दिए । उनका अनुसार हनुमन्ते खोलाले राममन्दिर क्षेत्रमा पनि केही टहराहरु डुवानमा परेको छ । जलसतह बढ्ने क्रममा रहेकाले नदी किनारका बस्ती क्षेत्रमा सतर्कता अपनाइरहेको उनले जानकारी दिए । वाग्मतीमा आएको बाढीका कारण करिडोर सडकहरुसमेत जलमग्न भएको छ । ललितपुरको युएन पार्क क्षेत्रको करिडोर सडकसमेत बाढीले डुबाएको छ ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस