काठमाडौँ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ । अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढी शनिबार दिउँसो एमाले पार्टी कार्यालयभित्र पसेको हो । वर्षाका कारण काठमाडौं उपत्यकाका सबैजसो नदीहरुमा पानीको सतह बढेको छ भने बाढीको जोखिम बढेको छ ।
जोखिमयुक्त क्षेत्रहरुमा प्रहरीले गस्ती गरिरहेको छ भने सम्भावित जोखिमबाट जोगिन सतर्क रहन आग्रह गरेको छ ।