२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालुवाटारबाट किन राजीनामा नदिई फर्किए रास्वपाका मन्त्रीहरु ?

२० असार , काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । आज राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किएका हुन् ।

प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिञ्जेल पर्खिन आग्रह गरेपछि अहिले राजीनामा नदिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् । प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा आफूहरुले साथ दिने परियारले बताए । रास्वपा मन्त्रीहरुले संसदमा विश्वासको मतको प्रक्रियामा छिटो जान सुझाव दिएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको थियो । कांग्रेस र एमालेले राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न आग्रह गरे पनि प्रधानमन्त्रीले संसद फेस गर्ने अडान लिएका छन् । एमालेका मन्त्रीहरुले हिजै प्रधानमन्त्रीलाई राजीनामा बुझाईसकेका छन् ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस