२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

exchange american dollar

२० असार, काठमाडौँ । आज २०८१ साल असार २० गते बिहीबार सन् २०२४ जुलाई ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । बुधबार यूरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्य अंकमा बढेको थियो । बिहीबार भने अमेरिकी डलर, बेलायती पाउण्ड र यूरो बढ्दा कतारी रियालको विनिमयदर स्थिर रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४७ पैसा र बिक्री दर १४४ रुपैयाँ ११ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३३ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस