२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजको मौसम : कोशी र लुम्बिनीमा भारी वर्षा, बाँकी भेगमा भने हल्कादेखि मध्यम वर्षा हुने

weather today

असार २०, काठमाडौँ । अहिले मुलुकभरको मौसम पूर्णतया बदली रहेको छ । अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कतिपय क्षेत्रमा भने मेघ गर्जन सहितको वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।

कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षा हुने विभागले जनाएको छ । आज राती मुलुकभरको मौसम पूर्णतया बदली रहने छ । अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

साथै कोशी, गण्डकी , लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशको वर्षा राती पनि जारी रहने विभागको अनुमान छ ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस