२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘प्रचण्डको अस्थिर चरित्रका कारण अहिलेको परिस्थित उत्पन्न भएको हो’ : गगन थापा

२० असार , विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर चरित्रका कारण अहिलेको परिस्थित उत्पन्न भएको बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले अहिले परिस्थिति आउनमा कसैको हात नभएको र विश्वास गर्नयोग्य नभएका प्रचण्डको अस्थिर चरित्रका कारण उत्पन्न भएको बताए ।

वर्तमान कांग्रेस एमाले गठबन्धनबारे प्रस्टाउँदै महामन्त्री थापाले भने, ‘अहिलेको गठबन्धनको परिस्थिति बनेको सम्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारण हो । सरकार बनेको दुई–चार महिनामा नयाँ गठबन्धन बन्थ्यो ? बन्दैन थियो । अहिले एमालेसँग सरकारमा बसिसकेपछि पनि नयाँ खालको लसपस र हात खुट्टा पसारी सकेपछि यो अहिलेको दुर्घटना उहाँकै कारण निम्त्याएको हो ।’

नेपालको राजनीतिमा प्रचण्डमा धेरै अस्थिरपन र विश्वासयोग्य चरित्र नहुँदा अहिलेको परिस्थित निर्माण भएको महामन्त्री थापाको भनाइ छ । उनले भने, ‘अहिले दुर्घटना प्रचण्डकै कारण निम्तिएको हो । यो कसैका कारण बनेको होइन, कसैले यसलाई भत्काएको होइन । नेपालको राजनीतिमा प्रचण्ड यतिधेरै अस्थिर हुनुभयो कि उहाँसँग कसैको विश्वास रहेन र अहिलेको परिस्थित सिर्जना भएको हो ।’

प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस