२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मध्य मालीमा आतंकवादी आक्रमण, २२ जनाको मृत्यु

२० असार , काठमाण्डौँ । मध्य मालीको बन्दियागारा क्षेत्रको एक गाउँमा आतंककारी आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । यो घटना सोमबारको भए पनि अधिकारीहरूले बुधबार सार्वजनिक गरेका हुन् ।

‘सोमबार साँझ करिब ५ बजे, कातिबा मासिनाका आतंककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका थिए’, एक अधिकारीले भने, ‘अस्थायी टोलमा डोजो शिकारीसहित २२ सर्वसाधारण मारिएका र धेरै बेपत्ता छन् ।

प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीहरूले गाउँलाई घेरेका थिए । ‘विवाह उत्सवका क्रममा आक्रमण भयो। आक्रमणमा दुलहाको पनि ज्यान गयो’, स्थानीय एक अधिकारीले भने ।
सन् २०१२ देखि माली राजनीतिक, आर्थिक र मानवीय संकटको बीचमा आतंकवादी हमलाबाट ग्रस्त छ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस