२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माधव नेपाल नै नेकपा एसको सर्वसम्मत अध्यक्ष बन्दै

Madhav Kumar Nepal Former Prime Minister of Nepal News

२० असार , काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशन अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ । राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै आज नेतृत्व चयनमा केन्द्रित भएको हो । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत बन्ने भएका छन् ।

बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरू रातभर सर्वसम्मतिको प्रयासमा जुटेका थिए । अध्यक्षको प्रतिष्पर्धी रहेका घनश्याम भुसाललाई महासचिव बनाएर माधव नेपाललाई अध्यक्ष सर्वसम्मत बनाउने प्रयास भएको थियो । महाधिवेशन प्रतिनिधिको संख्या नेपालको पक्षमा अधिक देखिएपछि भुसालले वरिष्ठ उपाध्यक्ष दाबी गरेका थिए । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको दाबी रहेकाले उनलाई कार्यकारी अधिकारसहितको महासचिव बनाउन लागिएको छ ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस