२०८१ कार्तिक २८ गते बुधवार | 2024 November 13th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मौसम पूर्वानुमान : यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना

weather today

१९ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेस, प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस