२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज बढ्यो सुनको मूल्य

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ तोकिएको छ। मंगलबार १ लाख ४२ हजार ३०० थियो।

महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १ लाख ४१ हजार ६०० थियो। यसैगरी, चाँदीको मूल्य २० रुपैयाँ बढेको छ। मंगलबार १ हजार ८०५ रुपैयाँ रहेको चाँदी १ हजार ८२५ रुपैयाँ पुगेको छ।

 

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस