२०८१ असोज २५ गते शुक्रवार | 2024 October 11th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नागराजा अर्थात किंग कोब्रासँग यो बेला अति जोगिनुस् है, धुरीमापनि पुग्दो रहेछ !

काठमाडौं । नेपालमा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या अत्याधिक छ । विशेषगरी तराईका जिल्लाहरुमा सर्पको टोकाइबाट हुने मृत्यु धेरै छ । नागराजा अर्थात किंग कोब्रा विश्वकै विषालु सर्पमा पर्छ । यसले टोक्यो भने मानिसलाई बचाउन मुस्किल छ । यो सर्प घरसँगै अरु संरचनाहरुपनि बनाउँनु भएको छ भने त्यो खतराको क्षेत्र हुनसक्छ ।

झापामा आज घरसँगै बनाइएको भान्साको धुरीमा फेला परेको छ । कहिले पक्की घरको माथिल्लो तलामा भेटिएको छ । कहिले घरभित्रको वाथरुममा भेटिएको छ । गर्मी अत्याधिक बढिरहँदा यो सर्प शितलताका लागि घरभित्र छिर्छ । शिकारको गन्ध घरभित्र पाएपछि यो सर्प घरमा जान्छ ।

घर बाहिरपनि सचेत त हुन जरुरी छ नै तर घरभित्र हामी आँखा चिम्लिएर मस्त सुत्नेपनि भएकाले यो पहिले नै भित्र रहेछ भने डस्न सक्छ । यसैले घरभित्र विशेष निगरानी राख्नुहोस् ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस