२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री नबन्दै ओली खुस्काउन पुगेका प्रचण्डलाई देउवाले के भने ?

Bargaining by Congress and Maoists to get UML to agree on TRC bill if they get MP in National Assembly

१८ असार, काठमाडौं । प्रधानमन्त्री नबन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको साथ खुस्काउने प्रयास भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । आफ्नै निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा सहभागी कांग्रस नेताहरुले सातबुँदे सहमति पढेर सुनाए ।

त्यसपछि नेताहरुले धारणा राखिरहेका थिए । त्यही बेला कांग्रेस सभापति देउवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरे । एक पदाधिकारीका अनुसार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले देउवालाई टेलिफोनमा के भएको हो भनी सोधेका थिए । बालुवाटार स्रोतका अनुसार देउवालाई फोन गर्नुअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । त्यो भेटमा ओलीले ‘देउवाजीले राष्ट्रिय सहमतिको सरकार बनाउँ भन्नुभयो, तपाईँले पनि सहयोग गर्नुपर्‍यो’ भनेका थिए ।

सहमतिबारे ओलीले प्रष्ट नबताएकाले प्रचण्डले देउवालाई फोन गरेका थिए । जवाफमा देउवाले ‘एमालेसँग सरकार बनाउने सम्झौता भइसक्यो, अहिलेलाई सरी’ भनेको कांग्रेसका एक नेताले बताए । उनले ओली–देउवा कनेक्शन टुटाउने प्रयास गरेको स्रोतको दावी छ ।

 

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस